You Are Here: Home - Politics - Parody Letter Prakash to Prachanda

This is a parody letter supposed to be written by Prakash to Prachanda via nepalkhabar.

“बा म तिम्रो छोरो प्रकाश, सगरमाथाको फेदी बाट”

बा २ करोडको लोभमा
बाबुराम अंकलले दिन्छ भन्ने विश्वाशमा,
सगरमाथा चढ्छु भनी खोकी हाले
के गरम के नगरम परे म दोधारमा
कसको आँखा लाग्यो हाम्रो कमाइमा,
बाबुराम अंकलले भाजो हाली हाले
काम गर्नु पर्ने भो फोकट्मा।।

बा सगरमाथा चढ्न गार्हो रहेछ
१०/१२ हजारको लासमा चढी सत्तामा पुगेजस्तो सजिलो रहेनछ
घोडा चढेर रोल्पा गए जस्तो होइन रहेछ
अघी पछी कमरेडहरु बिछ्याएर काम गरेजस्तो होइन रहेछ
बा सगरमाथा चढ्न गाह्रो रहेछ।।

बा सगरमाथाले तिम्रो कुरो सुन्दो रहेनछ
प्रचन्डको छोरो म प्रकाश भन्दा पनि सुन्दो रहेनछ
म सँग सक्ती अझै छ भनी धम्क्याउँदा पनि
कानमा तेल हाली अटेर गरी बस्दो रहेछ
बा तिम्रो पावर यहाँ नचल्दो रहेछ।।

बा एउटा कुरा यहाँ साह्रै रमाइलो छ
जती जाँड खाए पनि केही नहुने रहेछ
जता लडे पनि केही नहुदो रहेछ
तपाईंले बोल्ने अनावश्यक कुराहरु रेकर्ड गर्ने डिभाइस पनि छैन
न त “रेखा थापा” सँग नाचेको फोटो खिच्ने क्यामरा छ
न त तपाईंको बारेमा जथाभाबी लेख्ने पत्रकारहरु
जाँड र रक्सी जती मिठो छ यहाँ
चिसो पनि त्यतिनै छ यहाँ
भारतबाट तपाईंहाम्ले ल्याएको ग्रिनेड पड्काएर एकछिन आगो बालेको थिए
केहीछिन त तातो भो तर सगरमाथाको सामु केही जोर चलेन
हाम्रो महङगा महङगा बारुद पनि फिक्का भो
बा, सगरमाथा तिमी भन्दा बल्वान रहेछ।।

बा तिम्लाई थाहा छ, मलाई पनि थाहा छ
मैले सगरमाथा चढेर सम्बिधान बन्दैन
न त मैले सगरमाथा चढेर सान्ती नै आउन्छ
मैले त केवल जनताको आँखामा छारो हाल्न खोज्याथे
आफ्नो आम्दानिको लागि “बुद्ध” बेच्न खोज्याथे
प्रचन्ड पुत्रले केही गर्‍यो भन्ने पार्न खोज्याथे
तर बा, केही गर्‍यो भन्न पार्नलाई, केही गर्नै पर्दो रहेछ
सित्तैमा हजारौ कमरेडहरुको लाखौं खाए जस्तो सजिलो रहेनछ
बा सगरमाथा चढ्न गाह्रो रहेछ
किनकी सगरमाथाले रगतको भाषा नबुझ्दो रहेछ
बन्दुक र ग्रिनेड्को भाषा नबुझ्दो रहेछ।।

अन्तमा बा,
म प्रकाश, तपाईंको छोरो सगरमाथाको फेदिबाट।।

नेपाल खबर डट कम

Tags: Politics

0 comments

Leave a Reply